पाेखरामा नक्कली नोट छाप्दाछाप्दै एक जोडी रंगेहात पक्राउ
८ फागुन, पोखरा । पाेखरामा नक्कली नोट प्रयाेग गर्दै अाएका एक जोडी नक्कली नाेट सहित रंगेहात पक्राउ परेका छन् । पसलमा रिचार्ज कार्ड लगाएतका सामान किन्न उक्त जाेडीले नक्कली नाेट प्रयाेग गरेका थीए । पक्राउ पर्नेमा पोखरा ५ प्रस्र्याङस्थित काेडाबाट ३३ वर्षीय प्रेमबहादुर तामाङ र २५ वर्षीया सरस्वती बलामी रंगेहात पक्राउ परेका हुन् ।
प्रक्राउ परेका बलामी र तामाङबाट प्रहरीले लेनेभो कम्पनीको ल्यापटप, क्यानोन ब्रान्डको कलर प्रिन्टर, कैंची, पेपर, कटरसहित नेपाली १ लाख २८ हजार ४ सय ३० रुपैयाँ र भारतीय एक हजार एउटा नोट बरामद गरेकोे छ । यस्तै च २५ ६३४१४६ नम्बरको १३ वटा एक हजारका नक्कली नोट, च २५ ६३४१६३ नम्बरको ६ वटा एक हजारको नक्कली नोट पनि प्रहरीले बरामद भएको छ ।
उनीहरुको साथमा सयको नमस्ते रिचार्ज कार्ड ७९ वटा, ५० को रिचार्ज कार्ड ११ वटा र एनसेल रिचार्जकार्ड सयको ७४० वटा र ५० रुपैयाँको रिचार्जकार्ड ५६ वटा भेटिएको छ ।
प्रकाशित मिति : 20:43









