नेपाली ब्रो भनेर चिनिने नुवाकोटका रेस्लर कुमार थापाले श्रीमतीको ज्यान लिए
२३ जेठ, काठमाडौँ । नेपाली ब्रोको उपनामले चिनिएका नुवाकोटको तारकेश्रवर गाउँपालिका स्थायी घरभएका रेस्लर कुमार थापा हत्या अभियोगमा पक्राउ परेका छन । टिकटकमा नेपाली ब्रोको रूपमा परिचित थापा श्रीमतीको हत्या गरेको अभियोगमा गयराति पक्राउ परेका हुन ।

नुवाकोटको तारकेश्वरका स्थानिय बासिन्दा रहेका थापा श्रीमतीको हत्या गरेको आरोपमा शुक्रवार राति पक्राउ परेका हुन । शुक्रवार राति १० बजेतिर काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले श्रीमती ईश्वरी भुजेललाई घरायसी विवादका कारण फलामको रडले हानेर हत्या गरेका हुन ।
थापाले रडले मरणासन्न हुनेगरी कुटेपछि भुजेललाई शिक्षण अस्पताल माहराजगञ्ज लगिएकोमा केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : June 6, 2026 at 7:31 am







