सिटिजन्स बैंकको विद्युतीय भुक्तानी सेवा अवरुद्ध हुने
२२ जेठ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको विद्युतीय भुक्तानी सेवा अवरुद्ध हुने भएको छ । बैंकले कोर बैंकिङ प्रणाली अपग्रेड गर्नु पर्ने भएकाले आज राति बैंकको विद्युतीय भुक्तानी सेवा अवरुद्ध हुने जनाएको हो।
आज राति करिब ११ बजेदेखि राति २ बजेसम्म बैंकका विद्युतीय भुक्तानी सेवाहरू मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड, क्यूआर पेमेन्ट, कनेक्ट आईपीएस लगायत अस्थायी रूपमा बन्द हुने बैंकले जनाएको छ । साथै सो अवधिमा सञ्चालन हुने होलिडे काउन्टर सेवा पनि बन्द रहने बैंकले जनाएको छ ।
प्रकाशित मिति : June 5, 2026 at 12:25 pm









