२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगजनी, पाँच सवारी जले

२० जेठ, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा रहेको सवारी शाखामा अगजनी भएको छ । अगजनीको कारण खुल्न सकेको छैन । सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी विष्णु भट्टले अगजनीको कारण खुल्न बाँकी रहेको र अनुसन्धनबाट थप कुरा प्रष्ट हुने भन्दै दुईवटा सवारीमा क्षति पुगेको जानकारी दिएका छन ।

सवारी शाखामा रोकेर राखिएका गाडीहरूमा कसरी आगजनी भयो भन्ने प्रश्नहरू उब्जिएका छन । स्रोतका अनुसार एउटा दुई तारे सहित पाँच सवारी जलेका छन । सशस्त्र प्रहरी जवानको ब्यारेक भवन नजिकै रहेको कार्यालय छेऊमा भएको आगजनीमा अमेरिकाले सहयोग स्वरुप दिएको गाडीसमेत जलेको बताइएको छ ।

सशस्त्र प्रहरीमा कहिले भण्डारमा त कहिले कहाँ आगजनी भैरहेकै हुन्छ । अघिल्लो वर्ष पनि सशस्त्र प्रहरीको भण्डारण शाखामा आगजनी भएको थियो । बुधबार राति करिब सवा ८ बजेको समयमा लागेको आगो ३० मिनेटमै नियन्त्रणमा लिइएको थियो । जनआस्था साप्ताहिकले भने अण्डरग्राउण्ड पार्किङमा राखिएको कार्गेड बाइकबाट आगो सल्किएको दाबी सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : June 3, 2026 at 10:08 pm