१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

१९ जेठ, काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ ।यस दिन सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।सोमबार सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ५ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : June 2, 2026 at 11:08 am