घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?
१८ जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ। आइतबार तोलामा २० हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला पाँच हजार तीन सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।
प्रकाशित मिति : June 1, 2026 at 11:18 am









