रात्रि डिउटी गर्ने नर्सको भत्ता दोब्बरले बढ्याे
१५ जेठ, काठमाडाैँ । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
त्यस्तै, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा पनि ५० प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन्।

प्रकाशित मिति : May 29, 2026 at 5:39 pm









