बागलुङको छिस्तीमा जीप भीरबाट खस्यो, तीन जनाको शव भेटियो, राति भएकाले उद्धारमा कठिनाइ
७ फागुन, काठमाडाैँ । बागलुङको छिस्तीमा जीप भीरबाट खसेको छ । दुर्घटनामा ठूलो हताहती भएको अनुमान गरिएको छ । दुर्घटनास्थलमा प्रहरी पुग्दैछ । घटनास्थलमा तीन जनाको शव भेटिएको छ ।

पत्रकार रामकृष्ण शर्माका अनुसार जीवमा २० जना यात्रु सवार रहेको अनुमान गरिएको छ । भीर र राति भएका कारण उद्भारमा कठिनाइ भएको छ । दुर्घटनाको थप विवरण अाउन बाँकी छ ।
ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए ।
सडकदेखि करीब ७०० मिटर तल खसेको जीपमा यती नै मानवीय क्षति भएको एकिन गर्न नसकेको अधिकारीको भनाइ छ । घटनामा उद्धारको कार्य भइरहेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 20:30









