२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

गरिबको हितमा ओली सरकारः व्यथा लागेर सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार

७ फागुन, डोल्पा ।  हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो । बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि बाँकेको कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारको नेतृत्व गरेपछि सुरू भएको यस कार्यक्रमबाट तीन दर्जनभन्दा बढी महिलाले समयमै उपचार पाएर ज्यान बचाउन सफल भएका छन ।

फाइल फोटो ।

हिमपातले जनजीवन कष्टकर

यसवर्ष छैटौँ पटक भएको हिमपातले जिल्लाका त्रिपुराकोट, छल, पहाडा, करेलीकाँडा, सुँ, जुफाल, दुनैलगायतका स्थानहरु सेताम्य भएका छन् । सोमबार रातभरीको भारी बर्षातपछि आज बिहान लगातार दुइघण्टासम्म भएको हिमपातले जनजीवन कष्टकर बनेको छ ।
हिमपातले जुफाल बिमानस्थल अवरुद्ध भएको छ । धावनमार्गमा बाग्लो हिँउ जमेपछि विमानस्थल अवरुद्ध भएको हो । विमानस्थल अवरुद्ध भएपछि नेपालगञ्जदेखि कुनैपनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणका प्रमुख बालकुमार सिँहले बताउनुभयो ।

प्रकाशित मिति : 19:55