१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

ताप्लेजुङकाे फुङ्लिङमा माेटरसाइकल दुर्घटना हुँदा इलामकी सृजना गुरुङकाे मृत्यु

७ फागुन, ताप्लेजुङ । ताप्लेजुङकाे फुङ्लिङमा मंगलबार माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्युहुनेमा इलाम घर भइ सिँचाई कार्यालय ताप्लेजुङमा कार्यरत २३ बर्षीया सृजना गुरुङ रहेकी छिन् भने घाइते माेटरसाइकल चालक पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङ निवासी २६ बर्षीय अमिर बर्देवा रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएसपी सञ्जय सिंह थापाले जानकारी दिएका छन् ।

 घाइते मोटरसाइकल चालक बर्देवाको ताप्लेजुङ अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले बताएका छन्। सृजना मोटरसाइकलको पछाडि बसेकी थिइन्। अमिरले चलाएको मोटर साइकल तमोर एफएमको अगाडिबाट अनियन्त्रित भई करिव १५ मिटर तल सडकमा खसेको थियो ।

प्रकाशित मिति : February 19, 2019 at 7:16 pm