सुनको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ किनबेच ?
१४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट छ । बुधबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला पाँच हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी २१५ रुपैयाँले घटेर यस दिन प्रतितोला चार हजार ८६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रकाशित मिति : May 28, 2026 at 11:28 am









