चन्द्रकाेट रेमी गाउँ गुल्मीमा हाेमस्टे तालिम सम्पन्न
१३ जेठ, गुल्मी । । गरिबी निवारणकाे लागि लघु उधम विकास कार्यक्रम मार्फत चन्द्रकाेट गाउँपालिका गुल्मीकाे आयाेजनामा ३ दिने हाेमस्टे संचालन तथा व्यवस्थापन सम्बन्धी स्तराेन्नती तालिम चन्द्रकाेट ४ रेमी गाउँमा समापन भएकाे छ । तालिम कार्यक्रम समापन तथा प्रमाणपत्र वितरण गर्दै चन्द्रकाेट गाउँपालिकाका अध्यक्ष युवराज खत्रि क्षत्रीले गन्तव्य गाउँकाे पुरस्कार पाएकाे रिमी गाउँले हाेमस्टे मार्फत आफ्नाे नयाँ पहिचान बनाएकाे बताउनु भयाे ।

टिमुरे सामुदायिक हाेमस्टे रेमीका अध्यक्ष बल बहादुर पुनले पाहुनाकाे स्वागत सत्कार र बजारीकरणकाे लागि तालिमले सहयाेग पुग्ने अपेक्षा व्यक्त गर्नुभयाे । तालिम कार्यक्रममा रेमी गाउँका मगर समुदायमा संचालित १७ जना हाेमस्टे संचालकहरु सहभागी हुनुहुन्थयाे ।

गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा संचालित समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसे, ४ नं वडा अध्यक्ष बलबहादुर बस्नेत, कार्यपालिका सदस्य, पालिकामा कार्यरत कर्मचारीहरु, वडा सदस्य, टिमुरे सामुदायिक होमस्टेका सदस्यहरुकाे उपस्थिति रहेको थियो ।

तालिम कार्यक्रममा होमस्टे, पर्यटन, बजारीकरण, रैथाने पाककला, हाउसकिपिङ, गाइडिङ सीप, सांस्कृतिक गतिविधि लगायतका विषयमा पर्यटनविद भुमराज तिवारीले प्रशिक्षण दिनुभएको थियो । सोही अवसरमा गाउँ पर्यटन प्रबर्धन मञ्च भिटाेफ नेपालले आ.व. २०८१/०८२ मा घोषणा गरिएको गाउँ गन्तव्यहरु मध्ये टिमुरे सामुदायिक होमस्टे गुल्मीलाई उत्कृष्ट घरबास संचालन गरिएको सम्मानपत्र र नगद होमस्टे अध्यक्ष बल बहादुर पुनलाई गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति : May 27, 2026 at 10:22 pm









