१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

छात्राको मनोबल बढाउन शिक्षिकाले काटिन् आफ्नो लामाे कपाल

७ फागुन, अमेरिका । आफ्नो कम्मरसम्म आउने कपाल काटेर छात्राको मनोबल बढाउने काम एक शिक्षिकाले गरेकी छिन् । अमेरिकाको टेक्सास राज्यकी एक शिक्षकाले छोटो कपाल भएकि एक छात्रालाई खुसी बनाउनको लागि शिक्षिकाले कपाल काटेकी अुन् ।

सानोन ग्रिम नामकी ती शिक्षिकाको पाँच वर्षे विद्यार्थी प्रिसिला आफ्ना साथीहरुको जिस्काईमा परेर निक्कै दुःखी थिइन् । किन्डर–गार्डेनमा पढ्ने प्रिसिलालाई छोटो कपाल भएका कारण साथीहरुले केटा भन्ने गर्थे । यही कारण उनी आफ्नो स्वरुपकै कारण निराश थिइन् । साथीहरुले धेरै जिस्क्याउन थालेपछि प्रिसिलाले ह्याट लगाउन थालेकी थिईन् । ‘मलाई स्कुल आउन मन लाग्नै छाडेको थियो ।

आफ्नी सानी छात्रामा दीर्घ खालको मानसिक आघात पर्ने देखिएपछि ग्रीमले उनको मनोबल उच्च बनाउनुपर्ने आवश्यकता महसुस गरेर कपाल काटेकी हुन् । ग्रिमले प्रिसिलाले लगाउने जस्तै रिबन पनि किनेर लगाउन थालिन् । आफ्नो कठिन समयमा साथ दिएकोमा अघिल्लो हप्ता भएको विद्यालय बोर्ड मटिङमा प्रिसिलाले ग्रिमलाई ‘आफ्नो नायक मेडल’ प्रदान गरिन् ।एजेन्सी

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार १५:०४