७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

७ जेठ, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलामा ९० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : May 21, 2026 at 11:10 am