१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

२५ वर्षे युवतीले  एकैपटक जन्माइन् ७ बच्चा,एक छाेरा ६ छाेरी

७ पफगुन, इराक । इराकमा २५ वर्षे युवतीले  एकैपटक ७ बच्चा जन्माएकी छिन् । ७ बच्चामा एक छाेरा र ६ छाेरी जन्मीएकाे स्थानीय स्वास्थ विभागका प्रवक्ताले जनाएका छन् । ६ छोरी र एक छोरालाई प्राकृतिक रुपमा जन्म दिएकी  नयाँ आमाको र नवजात शिशुहरुको स्वास्थ्य ठिक भएको रिपोर्टले बताइएको छ ।  

२५ वर्षे महिलाले इराकको दियाली प्रान्तस्थित एक अस्पतालमा आफ्ना सात सन्तानलाई प्राकृतिक रुपमै जन्म दिएकी हुन् । एकैपटक सात सन्तानलाई जन्म दिएको यो देशकै पहिलो घटना बताइएको छ । ती शिशुका पिता युसुफ फदेलले आफ्नो परिवार यतिसम्म बढ्ला भनेर कहिले पनि नसोचेको बताए । अब उनको थाप्लोमा १० सन्तानको जिम्मेवारी थपिएको छ ।एजेन्सी

 

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार ११:५२