भारतीय ज्वाइँलाई छोरा बनाएर नागरिकता बेच्ने सप्तरीका उत्तमलाल साह पक्राउ
७ फागुन, काठमाडाैँ । भारतीय ज्वाइँलाई छोरा बनाएर नागरिकता बेच्ने सप्तरीका उत्तमलाल साह पक्राउ परेका छन। उनलाइ प्रहरीले झुटो विवरण पेश गरी किर्ते नागरिकता दिएको आरोपमा पक्राउ गरेको हो । साह सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ हुन ।
प्रहरीका अनुसार साहले आफ्नो ज्वाइँ नाता पर्ने भारतीय नागरिकलाई २०६३ साल माघ १४ गते पिता बनेर झुटो प्रमाण पेश गरी नागरिकता प्रमाणपत्र लिएको मुद्दामा अनुसन्धानको सिलसिलामा सप्तरी जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप लिई थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय सप्तरीबाट भारतीय नागरिकहरुले कर्मचारीकै मिलेमतोमा नेपाली नागरिकता लिने गरेको पाइएको छ ।
प्रकाशित मिति : February 19, 2019 at 9:33 am









