४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

बैंकिङ कसुर मुद्दामा फरार नुवाकोटका सुवास काठमाडौंबाट पक्राउ

४ जेठ, काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१७ खुसीबु बस्ने ५३ वर्षीय सुवास प्रधान रहेका छन् ।

चिन बहादुर रानाभाटको जाहेरीका आधारमा नेपाल सरकार प्रतिवादी भएको बैंकिङ कसुर मुद्दामा फरार रहेका सुवासलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

 उनलाई प्रहरीले जेठ ३ गते काठमाडौं महानगरपालिका–१६ नयाँबजारबाट पक्राउ गरेको हो। उक्त मुद्दामा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको बिगो रहेको प्रहरीले जनाएको छ ।  थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : 17:49