सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
४ जेठ, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : 11:03









