१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

पर्यटनमन्त्री अधिकारीले पाँच वर्षदेखिको विवाद पाँच घण्टामै सल्टाए


१४ चैत, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थल विस्तार आयोजना अन्तर्गत पर्ने पूर्वतर्फको १४० रोपनी जग्गाको मुआब्जा विवाद अन्त्य गरेका छन । पाँच वर्षदेखिको जग्गा मुआब्जा बिवाद समाधान भएपछि अव आयोजना बिस्तारले तीव्रता पाउने निश्चित भएकाे छ ।

मंगलबार मन्त्री अधिकारीसहित स्थानीय बासिन्दा र प्राधिकरणको प्रतिनिधिबीच भएको वार्तामा सहमति जुटेको हाे । मन्त्री अधिकारी अाफैँले सक्रियता देखाएपछि पाँच वर्षदेखिको विवाद केही घण्टामै अन्त्य भएको छ । सहमतिअनुसार मुआब्जा वितरण गर्नुपर्ने १४० रोपनी जग्गालाई दुई वर्गमा वर्गीकरण गरिएको छ ।

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको विकाश, विस्तार तथा उड्डयन सुरक्षा र आसपासका क्षेत्रको सुरक्षालाई समेत मध्यनजर गरि बिमानस्थलकोे पूर्वतर्फ जग्गा अधिग्रहण गर्ने क्रममा उत्पन्न विवाद समाधान भएपछि जग्गाको मुआब्जा वितरण मंगलबार देखि नै शुरु भएको छ ।

वर्गीकरणअनुसार एउटा वर्गमा पर्ने जग्गाधनीले प्रति आना २६ लाख ५० हजार रुपैयाँ र दोस्रो वर्गमा पर्नेले प्रति आना ३३ लाख रुपैयाँ पाउनेछन्। प्राधिकरणका अनुसार मुआब्जा वितरणमा मात्रै ६ अर्ब ५० करोड रुपैयाँ खर्च हुनेछ। ‘जग्गाको मुआब्जा विवाद अब सकिएको छ, त्यस क्षेत्रमा पर्ने घरको मुआब्जाको पनि विवाद टुंग्याउनेछौँ,’ मन्त्री अधिकारीले भन्नुभयो ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०७:५६

https://srdb.com.np/