सुनको मूल्य एकैदिन ४ हजार ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
३ जेठ, काठमाडौं । आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा भईरहेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय कायम थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार प्रतितोला ५ हजार ३९० रुपैयाँले रहेको चाँदीको भाउ आज ३३० रुपैयाँले घट्दै ५ हजार ६० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : 12:24









