१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

१ जेठ, काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनसुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको सुन पनि घटेको छ । चाँदीको मूल्य यस दिन तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : 11:04