नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक सीईओमा ढकाल नियुक्त
३१ वैशाख, काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल नियुक्त हुनुभएकाे छ । बैंकको वैशाख ३० गते बसेको संचालक समितिको बैठकले ढकाललाई कार्यवाहक सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
हालका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकम प्रा.लि. सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा रहेकाले बैंकको दैनिक कार्यसम्पादनलाई निरन्तरता दिन ढकाललाई यो जिम्मेवारी सुम्पिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : 12:43







