३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

नुवाकोटमा दुई जना मृत फेला

३० वैशाख, काठमाडौं । नुवाकोटमा दुई जना व्यक्ति मृत फेला परेका छन्। बुधबार म्यागङ गाउँपालिका-४ म्यागङबेशीस्थित छहरामा दुई जना पुरूषको शव फेला परेको नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिक्रम लामाले बताउनुभयाे ।

मृत फेला पर्नेमा म्यागङ गाउँपालिका-४ किम्ताङ गाउँका ४१ वर्षिय सोमराज तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ रहेका छन् । सोमराज र सूर्यमान दाजु-भाइ हुन् । घटनाबारे अनुसन्धान भइरहेको र हत्यामा संलग्नहरूको खोजी कार्य जारी रहेको डीएसपी लामाले बताउनुभयाे ।

प्रकाशित मिति : 17:14