नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
३० वैशाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे पक्राउ पर्नुभएकाे छ । पाण्डेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सरकारी स्वामित्वमा रहेको स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको प्रकरणमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पाण्डेलाई पक्राउ गरेकाे हाे ।
पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको जनाइएकाे छ ।
प्रकाशित मिति : 10:51









