श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ
२९ वैशाख, सप्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा सवारी चालक पदमा नियुक्त मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् ।
महादेवा गाउँपालिका-१ घर भई हाल राजविराज नगरपालिका-३ मा बस्दै आएका आलमलाई प्रहरीले सोमबार अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार आरोपमा पक्राउ गरेको हो । उनलाई मन्त्री यादवले हलुका सवारी चालक पदमा २०८२ चैत २७ गते नियुक्त गर्नुभएकाे थियाे ।

पीडितको जाहेरीअनुसार एकान्त ठाउँमा बन्धक बनाई, डरत्रास देखाई, कुटपिट गरेको र शरीरको कपडा खोली नांगो बनाएर भिडियो खिचेको आरोप छ । उनलाई सप्तरी जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भइसकेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 12:49







