२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

एकैदिन ४४ सयले बढ्यो सुनको मूल्य, तोलाको ३ लाख नाघ्यो

२९ वैशाख, काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ४ हजार ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ ३५५ रुपैयाँले बढ्दै ५ हजार ६९५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : May 12, 2026 at 11:07 am