सिइओ पाण्डेको राजीनामा हल्लामात्र
२८ वैशाख, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेको राजीनामा हल्लामात्र रहेको पुष्टि भएको छ । बैंकको सूचना अधिकारी राजेश शर्माले राजीनामाबारे कुनै जानकारी नभएको बताउनुभयो ।

उहाँले दैनिकीसँग कुरा गर्दै बाहिर गलत हल्ला चलेको र राजीनामाकोबारेमा कुनै जानकारी बैंकमा नरहेको बताउनुभयो । विभिन्न सञ्चारमध्यमहरूले पाण्डेले राजीनामा दिएको भन्दै समाचार जस्तै सामाग्रीहरू सम्प्रेषण गरेका थिए ।
प्रकाशित मिति : 12:59









