२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

२७ वैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावटमा आएको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

 गत शुक्रबार भने सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी यस दिन तोलामा २५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : 10:52