प्रभु बैंकमा १७ वर्ष काम गर्नुभएको अच्युतराज पाण्डेको विदाइ
२५ वैशाख, काठमाडाैँ । प्रभु बैंकमा १७ वर्ष काम गर्नुभएको अच्युतराज पाण्डेको विदाइ गरिएको छ । ६० वर्षे उमेर हद पूरा भएसँगै पाण्डेले सेवाबाट औपचारिक रूपमा अवकाश लिनुभएको हो ।
उहाँलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले करिब १७ वर्ष ८ महिना २३ दिनको सेवायात्राका क्रममा उनले इमान्दारिता, समर्पण र सेवाभावका साथ जिम्मेवारी निर्वाह गरेकोमा धन्यवाद दिँदै कदरपत्रसहित विदाइ गर्नुभयो ।

पाण्डेले सन् २००८ अगस्ट १७ देखि बैंकमा सेवा सुरु गर्नुभएको थियो । बैंकले फेसबुक मार्फत पाण्डेको योगदानको उच्च सम्मान गर्दै कृतज्ञता व्यक्त गरेको छ। बैंकले पाण्डेको दीर्घ सेवायात्रालाई स्मरणीय रहेको उल्लेख गर्दै सफलको शुभकामना दिएको छ ।
प्रकाशित मिति : 05:43









