७ असार २०८३, आइतबार | Sun Jun 21 2026

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२५ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो तीनदेखि सुनचाँदीको मूल्य निरन्तर रुपमा बढेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा १२० रुपैयाँले घट्दै प्रतितोला पाँच हजार २७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला पाँच हजार १५५ रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : May 8, 2026 at 11:10 am