७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

२२ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला चार हजार ८ सय ४० रुपैयाँ खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : May 5, 2026 at 11:03 am