३ मंसिर २०८३, बुधबार | Thu Nov 19 2026

दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव

https://www.muktinathbank.com.np/online/loan-application

२१ वैशाख, गण्डकी । सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ ।

दुईदिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा १० प्रतिशत पर्यटकहरू बढेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । पोखरामा विशेषगरी आन्तरिक पर्यटकको चहलपहल बढेको र यस समयमा क्षमताको १० प्रतिशत थप पर्यटकहरू बढिरहेको उहाँले जानकारी दिनुुभयो ।

“सामान्यतः दुईदिने बिदाका कारण आन्तरिक पर्यटकहरू दुई दिन पोखरामा बिताएर फर्कने गरेका छन्”, उहाँले भन्नुुभयो, “यसले समग्र पोखराको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पु¥याएको छ ।”

पोखरा आउने पर्यटकहरू पोखराको फेवातालसहित लेखनाथ क्षेत्रका तालहरूमा घुमफिर, जलविहार गर्नाका साथै साहसिक पर्यटनका गतविधिहरू प्याराग्लाइडिङ, बञ्जीजम्प, जिपलाइन आदिमा रमाउने गरेका छन् ।

पोखरामा रहेका धार्मिक पर्यटकीय तीर्थस्थलहरू विन्ध्यवासिनी, तालबाराही, पुम्दीकोट, गुप्तेश्वर महादेव गुफा, विश्व शान्ति स्तूप आदिमा पुग्ने गरेका छन् भने अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर महादेव गुफा आदिको अवलोकन गर्ने गरेका छन् ।

आन्तरिक पर्यटन बढाउनका लागि सङ्घले यसअघि पटकपटक दुईदिने बिदाको विषय समेत उठाएको बताउँदै उहाँले यसले पोखराको मात्र नभई समग्र देशको पर्यटनमा टेवा पुगेको धारणा राख्नुुभयो ।

पोखराको पर्यटनमा विशेषगरी फागुन, चैत र वैशाख तथा असोज, कात्तिक र मङ्सिरलाई मुख्य पर्यटकीय यामका रुपमा लिने गरिएको छ । वर्तमानमा होटेलहरूको क्षमताको करिब ६० प्रतिशत भरिभराउ भइरहेको अध्यक्ष सुवेदीले जानकारी दिनुुभयो ।

पोखराको समग्र पर्यटनमा भएको आठ खर्ब लगानीमध्ये छ खर्ब लगानी यहाँका होटेलमा रहेको उहाँले जानकारी दिनुुभयो । उहाँका अनुसार करिब एक हजार २०० को सङ्ख्यामा होटेलहरू रहेको पोखराले दिनमा ४० हजार जनासम्म पर्यटक राख्न सक्छ ।

प्रकाशित मिति : May 4, 2026 at 4:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/