११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

ढोरपाटन नगरपालिकाद्वारा ४८ किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण

१८ वैशाख, बागलुङ । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो ।

नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका किसानलाई हलो उपलब्ध गराइएको हो । हलो खरिद गर्न रु २४ लाख खर्च भएको उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो ।

ढोरपाटनका अधिकांश भागमा आलु, सिमीलगायत सागसब्जीखेती हुँदै आएको छ । अनुदानमा यान्त्रिक हलो पाएपछि किसान खुसी भएका छन् ।

प्रकाशित मिति : May 1, 2026 at 2:07 pm