१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

सार्वजनिक शान्ति विरूद्धको कसुरमा संलग्न पक्राउ

१७ वैशाख, काठमाडौं ।  सार्वजनिक शान्तिविरूद्धको कसुरमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । भक्तपुर मध्यपुर थिमी नगरपालिका-६ बस्ने झापा अर्जुनधारा नगरपालिका-११ घर भएका ४५ वर्षीय देवी प्रसाद संग्रौलालाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।

सामाजिक संजाल तथा निग्रानी अनलाईन टिभि मार्फत विभिन्न जिल्लाहरूको भ्रमण गरी त्यहाँ रहेका विभिन्न वित्तिय संस्थाबाट ऋण लिएको मानिसहरूलाई जम्मा गरी/गराई बैंक तथा वित्तिय संस्थाले रकम माग गरेमा, वित्तिय संस्थाबाट कुनै पनि कर्मचारीहरू घरमा आएमा लखेट्नु, भौतिक आक्रमण गर्नु, कालोमोसो दल्नु भन्ने व्यहोराको विभिन्न किसिमका भड्किलो अभिव्यक्तिहरू दिई अफवाह फैलाई सार्वजनिक शान्ति भङ्ग गर्ने समेतका कार्यमा संलग्न देवी प्रसादलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ एयरपोर्ट गेटबाट पक्राउ गरेको हो ।

उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : 11:58