११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

सुनको मूल्य घट्ने क्रम जारी, कति पुग्यो तोलाको ?

१६ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घटेको छ ।

यस दिन चाँदी तोलामा ३० रुपैयाँ घटेर प्रतितोला चार हजार ९१५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : April 29, 2026 at 11:14 am