१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

१५ वैशाख, काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.६९ प्रतिशतले कम हो । अघिल्लो आवमा ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा  कमाएकाे थियाे ।

बैंकको खुद ब्याज आम्दानी पनि ७.१३ प्रतिशतले घटेर ९ अर्ब ५७ करोडमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने केही बढेको छ । अघिल्लो आवमा १ अर्ब ५२ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर १ अर्ब ६३ करोड पुगेको छ ।

 यस्तै बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १० करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । तेस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात ६.०६ प्रतिशतबाट बढेर ८.४१ प्रतिशत पुगेका छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १२.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९९.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.१४ गुणा कायम भएको छ ।

प्रकाशित मिति : April 28, 2026 at 9:42 am