माइतीघरमा महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच भुतलाभुतल
१४ वैशाख, काठमाडौं। माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच भुतलाभुतल भएको छ । माइतीघरमा अम्बिका र शोभाबीच हात हालाहाल गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

शोभा पाठक, श्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहनु भएकाे थियाे । सोही क्रममा अम्बिकासहित आएर शोभालाई भुत्ल्याउन थालेको बताइएको छ । दुवैको झगडा छुट्टाएर अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको र घटनाबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 14:55









