११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१४ वैशाख, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा भइरहेको छ ।

अघिल्लो दिन भने एक छापावाल सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम थियो । यसैगरी आज चाँदीको मूल्य आज ९० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : April 27, 2026 at 11:45 am