नेपाल बैंकले कमायो २ अर्ब ७९ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?
१४ वैशाख, काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.३४ प्रतिशत मात्र बढी हो।
यस्तै बैंकको खुद ब्याज आम्दानी पनि ७ अर्ब १० करोडबाट बढेर ७ अर्ब ७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो आवमा ७५ करोड ३९ लाख रहेको बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने घटेर ६८ करोड ४३ लाखमा सीमित बनेको छ । तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १२.५२ प्रतिशतले बढ्दै ४ अर्ब ८५ करोड पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ३२ करोड १३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी २ रुपैयाँ ९२ पैसा मात्र छ। १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको यस बैंकको जगेडा कोषमा २५ अर्ब ३९ करोड १ लाख रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ८४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २५ रुपयाँ ३४ पैसा, प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ७९ पैसा र तरलता अनुपात ४१.०३ प्रतिशत कायम भएको छ ।
प्रकाशित मिति : 09:33









