१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

एभरेष्ट बैंकको खुद नाफा घट्यो, वितरणयोग्य मुनाफा ४ अर्ब बढी

१४ वैशाख, काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 बैंकको खुद ब्याज आम्दानी १.३३ प्रतिशतले बढ्दै ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यस्तै खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब ९ करोडबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।  समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २७ करोड २९ लाख रुपैयाँबाट बढेर ७७ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ३४ पैसा रहेको छ। १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २६ पैसा घटेर ३२ रुपैयाँ ३५ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.५८ गुणा रहेको छ।

प्रकाशित मिति : 09:12