नुवाकोट देवीघाटको बृद्धाआश्रममा लायन्स क्लवको सोलार
४ फागुन, काठमाडौँ । लायन्स क्लव ईन्टरनेशनलको सहयोगमा नुवाकोट, विदुर नगरपालिका वडा नम्बर ५ स्थित देवीघाट जेष्ट नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान बृद्धाआश्रममा एक सोलार प्यानल जडान गरि शनिबार औपचारिक समारोहका बिच हस्तान्तरण गरिएकोछ। हस्तान्तरण कार्यक्रम लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का गभर्नर लायन अशोक श्रेष्ठको प्रमुख आतिथ्यतामा र लायन्स क्लब अफ काठमाडौ म्यादी युथका अध्यक्ष राजाराम थापाको अध्यक्षतामा सम्पन्न भएका थियो।

कार्यक्रममा मन्तव्य राख्नुहुदै गभर्नर श्रेष्ठले सामाजिक सेवामा लायन्स हरुको भूमिका महत्त्वपूर्ण रहको र सेवाकार्यमा एकमन भै लाग्नु पर्ने कुरा बताउनु भयो। सामाजिक सेवामा सकृय लायन्स क्लवको लिभिङ बाई गिभिङ अर्थात दिएर बाँचौँ भन्ने मूल कार्यक्रम अन्तरगत यी समाग्रीहरु बितरण गरिएको कुरा लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अुनुजकुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बिष्णु नेपाल, डिस्ट्रिकका पदाधिकारीहरु मणीश्री रत्न बज्राचार्य, हरि मरठ्ठा, रमेश श्रेष्ठले आ( आफ्नो विचार राख्नु हुँदै सामाजिक सेवामा लायन्स क्लवको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो। विभिन्न १६ वटा क्लबहरु तथा डिस्ट्रिक पदाधिकारीहरुको सहयोगमा गत माघ महिनामा सोलार प्यानल जडान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो।

प्रकाशित मिति : February 16, 2019 at 11:25 pm









