१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

१३ वैशाख, काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका तीन वटा शाखामध्ये दुई शाखा समायोजन गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमूलमा रहेका शाखामध्ये बिजुलीबजार र शंखमूल शाखा बन्द गर्दै नयाँ बानेश्वर शाखाबाट मात्र सेवा सञ्चालन गर्ने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै वैशाख २१ गतेदेखि बिजुलीबजार र शंखमूल शाखाबाट हुने सम्पूर्ण बैंकिङ सेवा बन्द हुने र ती शाखाका सबै सेवा नयाँ बानेश्वर शाखामा सारिने जनाएको छ । योसँगै ती शाखामा रहेका ग्राहकका खाता तथा लकर सेवा पनि नयाँ बानेश्वर शाखामै स्थानान्तरण गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : 11:55