५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

११ वैशाख, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । यस दिन सुन प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर घटेको हो ।

यसैगरी आज चाँदी पनि तोलामा ७५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार २० रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : April 24, 2026 at 11:09 am