९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप

९ वैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेभएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न म्याद थप भएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले उनीहरूलाई ७ दिनको म्याद थपको अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज ३० दिनकाे समय मागेर म्याद थपका लागि दुवै जनालाई अदालतमा उपस्थित गराएको थियो । तर, अदालत भने ७ दिनकाे मात्रै म्याद दिएकाे छ ।

प्रकाशित मिति : 17:23