२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रेम विवाह गरेकी एलिसा बिकलाई ‘दलित’ भन्दै श्रीमानले कुटेर घरबाट निकालीदिए

४ फागुन, सल्यान  । प्रेम विवाह गरेकी एलिसा बिकलाई ‘दलित’ भन्दै घरबाट परिवारले निकालीदिएका छन् ।  कुमाख गाउँपालिका ६, च्याउखोलाकी बिकलाई परिवारले  घरनिकाला गरेपछि  डेढ वर्षीया छोरी काखमा बाेकेर अहिले बिचल्लीमा परेकी छिन् ।

दुई वर्ष अघि स्थानीय टीकाराम रावतसँग प्रेम विवाह गरेकी २१ वर्षीया बिकलाई अहिले सासु ससुरालेमात्र नभै, श्रीमानले समेत कुटेर घरबाट निकाली दिएका छन् । अाफ्नाे मतलब नभएकाी बिक  छोरीलाई के खुवाएर बचाउने भन्ने चिन्ता छिन् ।

चार महिनाअघि घरबाट निकालिएकी उनी कहिले माइत त कहिले आफन्तकहाँ आधा पेट खाएर दिन गुजारिरहेकी छन् । यही पीडा पोख्न उनी अहिले सदरमुकाम आएकी हुन् । श्रीमानका साथै सासू प्रीतिकला र ससुरा भागीराम मिलेर घरबाट निकालेको उनले बताइन् ।

दूधे छोरीसँग गोठमा बसिरहेको बेला सासू(ससुरा आएर मार्ने धम्की दिन थालेपछि जीवनमा थप त्रासदी थपिएको उनले सुनाइन् । धारिलो हतियार ल्याएरै आएपछि भागेचौरस्थित इलाका प्रहरीमा शरण माग्न गएको उनको भनाइ छ । ‘मैले उजुरी दिएपछि प्रहरीले श्रीमान् र सासू(ससुरालाई चौकीमा ल्यायो, तर मिलापत्र गराउन खोज्यो,’ उनले भनिन्, ‘त्यसपछि त उनीहरू प्रहरीकै अगाडि कुटपिट गर्न थाले, प्रहरीले पनि केही गर्न सकेन ।’ अहिले सुरक्षा खतरा बढदै गएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उनले बताइन् ।

प्रकाशित मिति : 12:24