१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

अर्घाखाँचीमा आफ्नै हजुरबुबाले पाँच वर्षीया नातिनी बलात्कार गरे, पीडक प्रहरी खोरमा

४ फागुन, काठमाडाैँ । अर्घाखाँचीमा आफ्नै हजुरबुबाले पाँच वर्षीया नातिनी बलात्कार गरेका छन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा शुक्रबार हजुरबुबाबाटै पाँच वर्षीया नातिनी बलात्कृत भएकी हुन ।

बलात्कारको बारेमा आमालाई बालिकाले बताएपछि आमाले प्रहरीलाई जानकारी दिएकी थिइन् । त्यसपछि प्रहरीले हजुरबुबालाइ पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक नवराज मल्लले घटनाका बारेमा थप अनुसन्धान भैरहेको जानकारी दिए ।

प्रकाशित मिति : February 16, 2019 at 9:56 am