२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

चीनबाट ल्याउँदै गरेको ४ सय ६२ ग्राम सुनसहित रसुवाका दावा छिरिङ तामाङ पक्राउ

३ फागुन, रसुवा  । चीनको केरुङबाट अवैध रूपमा ल्याएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ ,थुमनका दावा छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चीनको केरुङबाट काठमाडाैँ जाँदै गरेका तामाङ ४ सय ६२ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

केरुङबाट शुक्रबार काठमाण्डौ जान लागेका तामाङलाई गोसाईकुण्ड गाउँपालिका–६ खोपाङ भीरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रञ्जन अवालेले बताए । तामाङ केरुङको एक होटलमा कार्यरत थिए । बरामद सुनको मूल्य २४ लाख ५९ हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : 17:29