नयाँ वर्षका दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेर हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि वर्ष २०८२ को अन्तिम दिनसोमबार सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै। यस दिन चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : 11:27









