घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
३० चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। यसदिन सुन तोलामा ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : 11:02









