२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युवर पक्राउ

२९ चैत, काठमाडाैं । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलाई गाली गरेको अभियोगमा एक युट्युवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल रहेका छन् ।

पोखरेलले ‘hades’ नामको युट्युब च्यानलबाट प्रधानमन्त्री शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज गर्दै भिडिओ बनाएका छन्।

उनलाई साइबरअपराध सम्बन्धी कसूरमा जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाहले बताउनुभयाे ।

प्रकाशित मिति : 11:26